SEARCH   
Welcome to NRN-NCC China
China Date and Time
NEWS FROM NRN-NCC CHINA 
2009/06/20
Source: NRNA-NCC China

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीनको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न
डिल्लीप्रसाद पराजुलीको अध्यक्षतामा नयाँ कार्यकारिणी समितिको चयन गर्दै गैरआवासीय नेपालीको सङ्घ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् चीनको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ। राजधानी बेइजिङबाट झण्डै २ हजार किलोमीटर टाढा रहेको ग्वानजाउमा शनिबार आयोजित अधिवेशनबाट उपाध्यक्षद्धयमा शिव श्रेष्ठ र राजनकुमार जमकट्टेल, महासचिवमा सुन्दर थापा, कोषाध्यक्षमा नवीन विश्वकर्मा तथा सुधिरप्रसाद तिमिल्सिनालाई अन्तर्राष्ट्रिय समन्वय परिषद्का लागि चीनको प्रतिनिधिमा निर्वाचित गरिएको छ। त्यसैगरी अधिवेशनले सागर न्यौपाने, रञ्जन ढकाल, प्रदीप भण्डारी, प्रकाश खरेल, प्रदीप न्यौपाने, ध्रुव पौडेल र अरूण सिग्देललाई राष्ट्रिय समन्वय परिषद्को सदस्यमा चयन गरेको छ।
यसअघि, अधिवेशनको उदघाटन समारोहलाई शुभकामना दिंदै चीनका लागि नेपाली राजदूत टङ्कप्रसाद कार्कीले नेपाली उत्पादनलाई चीनमा भन्साररहित बजार सुविधा उपलब्ध गराउनका लागि नेपाल सरकारले प्रयास गरेको र त्यसमा चिनियाँ पक्ष सकारात्मक रहेको जानकारी दिनुभयो। भन्साररहित बजार सुविधा लिनका लागि चीनमा रहेका नेपाली व्यापारीको जिम्मेवारी बढेकामा पनि उहाँले जोड दिनुभयो । नेपालमा जलस्रोत, पर्यटन र लगानीको प्रचुर सम्भावना रहेकाले त्यसका लागि नेपालका राजनीतिकर्मी, कर्मचारीतन्त्र र व्यावसायिक पूँजीका बीच समन्वय गरिनुपर्ने उहाँले बताउनुभयो । राजदूत कार्कीले चीनले गरेको तीव्र आर्थिक विकासको लाभ नेपालमा भित्र्याउनका लागि गैरआवासीय नेपालीले ठूलो भूमिका निर्वाह गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा एनएरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष प्रितम श्रेष्ठले नेपालको तुलनामा भौगोलिक र जनसङ्ख्याको हिसाबले चीन पचास गुनाभन्दा बढीले ठूलो रहेकाले चीनमा रहेका नेपालीको अवसर पनि सोही अनुपातमा बढी रहेको बताउँदै सबै देशका व्यापारीसँग समन्वय गरेर अगाडि बढे चीनमा रहेका नेपालीले चीनसँगको व्यापारलाई विश्वव्यापी बनाउन सक्ने बताउनुभयो । एनआरएन एसिया प्रशान्त क्षेत्रीय संयोजक गणेश इजमले विदेशमा रहेका नेपालीले स्वदेशमा रेमिट्यान्स भित्र्याउन सहयोग पुर्‍याउनुका साथै नेपालको गुन्द्रुक, सिन्की, सुकुटी, अचारलगायतका स्थानीय उत्पादनको निर्यात बढाउँदै लगेको स्पष्ट पार्नुभयो । उद्घाटन समारोहमा एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषद्का लागि चिनियाँ प्रतिनिधि बुद्धिबहादुर थापा र एनआरएन चीनका सल्लाहकार कृष्ण सिलवालले एनआरएनलाई चीनका अन्य भागमा पनि विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । एनआरएन एसिया प्रशान्त क्षेत्रीय संयोजक गणेश इजमले विदेशमा रहेका नेपालीले स्वदेशमा रेमिट्यान्स भित्र्याउन सहयोग पुर्‍याउनुका साथै नेपालको गुन्द्रुक, सिन्की, सुकुटी, अचारलगायतका स्थानीय उत्पादनको निर्यात बढाउँदै लगेको स्पष्ट पार्नुभयो । उद्घाटन समारोहमा एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषद्का लागि चिनियाँ प्रतिनिधि बुद्धिबहादुर थापा र एनआरएन चीनका सल्लाहकार कृष्ण सिलवालले एनआरएनलाई चीनका अन्य भागमा पनि विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

स्रोतः एनआरएन एनसिसि चाइना  
Back
   NRN-China News
   News Links 
   NRN-Global News

   Useful Links 
 

   Foreign Exchange
 

   Popular Downloads
 

 
 
 
   Calendar 
   Photo Gallery 
PhotoGallery
 
   This website is designed & maintained
     by Sudesh Jha (Ranco Solutions Co.)
 
© Copyright  NRN-NCC China
This site is best viewed at 1024x768