SEARCH   
Welcome to NRN-NCC China
China Date and Time
NEWS FROM NRN-NCC CHINA 
2009/07/09
Source: NRNA-NCC Canada

क्यानाडामा एनआरएनको राष्ट्रिय सम्मेलन संपन्न
क्यानाडा, क्यालगरी- एनआरएन क्यानाडाको राष्ट्रिय सम्मेलन तथा बार्षिक साधारण सभा भव्यताका साथ संपन्न भयो । एनआरएनका केन्द्रीय अध्यक्ष उपेन्द्र महतोको प्रमुख आतिथ्यमा संपन्न सो कार्यक्रम चर्चित गाइका आनी छोइंग डोल्माको गायत्री मन्त्रोच्चारणबाट सुरु भएको थियो । डा. ईशा शर्माद्वारा संचालित पहिलो चरणको कार्यक्रममा डा.बिनोद के.सी. ले सभापतित्व आसन ग्रहण गर्दै कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।
नेपाली र क्यानेडियन रास्ट्रीय गीत पश्चात अतिथि तथा उपस्थित सम्पूर्ण महानुभाबलाई स्वागत गर्दै एनआरएन क्यानाडाका अध्यक्ष नबराज गुरुङले सानो तर तीब्र गतिमा बृद्दि हुदैं गरेको नेपाली समुदायमा देखा परेका समस्यालाई एनआरएन क्यानाडाले छाता संगठनको भूमिका निर्बाह गरेको बताउनु भयो । कार्यक्रममा सभापति डा.बिनोद के.सी.ले सम्माननीय प्रधानमन्त्री स्टीफन हार्परको शुभकामना पत्र पढेर सुनाउनु भएको थियो ।
शुभकामना मन्तब्य दिनेहरुमा एनआरएनका केन्द्रीय अध्यक्ष उपेन्द्र महतो, एम पी देविंदर शोरे ,एम एल ए मोए अमेरी, युएसएका कार्यबाहक राजदूत कालीप्रसाद पोखरेल, हल हमिल्तोन, सगरमाथा आरोहन गर्ने पहिलो क्यानेडियन लौरी स्क्रेस्लेट, अन्द्रेव ब्राश, रे जोन्स लगायत का बक्ता हुनुहुन्थ्यो । एनआरएन क्यानाडाका उपाध्यक्ष चित्र प्रधानले सबैलाई धन्यवाद दिनु भएको थियो भने डा. बिनोद के.सीले पहिलो चरण कार्यक्रम समाप्त भएको जानकारी दिनु भयो । जलपान पश्चात शुरु भएको दोस्रो चरणको कार्यक्रमको सभापतित्व एनआरएन क्यानाडाका सल्लाहकार डा. द्रोण रसालीले गर्नु भएको थियो ।
योजना अबधारणामा आधारित यो चरणको कार्यक्रममा बोल्ने हरुमा बिष्णु सुब्बा, डा. राजु तुलाधर, मिचेल तिनेके केसीका तर्फ़बाट प्रेम शर्मा, चित्र प्रधान, मदन के.सी., केदारभक्त श्रेष्ठ, डा.प्रमोद ढकाल, राधा बस्नेत तथा डा. द्रोण रसाली हुनुहुन्थ्यो ।
लन्च पश्चात शुरु भएको तेस्रो चरणको कार्यक्रमको सभापतित्व डा.बेतमान सिंह भण्डारीले गर्नु भएको थियो । प्यानल छलफल तथा खुल्ला फोरमको यो चरणको कार्यक्रममा बाह्र जना प्यानेल्लिस्टहरुले विभिन्न बिसयमा बोल्नु भएको थियो । बोल्नेहरुमा रामप्रताप थापा, डा. अम्बिका अधिकारी, डा.श्याम कार्की, रतन झा, गोपी कृष्ण काफ्ले, डा. उपेन्द्र महतो, नरेश कोइराला, प्रमोद ढकाल, मुक्ति गौतम, सिर्जना पन्त, डा.राजु तुलाधर र बिल पोरोच्नुक हुनुहुन्थ्यो ।
मुख्य बक्ताकारूपमा एनआरएनका केन्द्रीय अध्यक्ष उपेन्द्र महतोले एनआरएन स्थापना गर्नका कारणहरु स्पस्ट पार्नु भएको थियो । जबसम्म देश सम्बृदी हुदैन तबसम्म व्यक्तिगत सफलताको कुनै महत्व हुदैन भन्दै सीमित स्रोत र साधनबाट असिमित आबस्यकताहरू पुरागर्नु परेको छ भन्नुभयो । एनआरएनको स्थापना नै मुख्य रूपमा तीन कुरालाई ध्यानमा राखेर गरिएको हो भन्दै ति तीन कुरामा क्रमश :बिस्वभरी छरिएर रहेका नेपालीहरुको चिनाजानी र आपसी समझदारी बडाउने, बिस्वभरी छरिएर रहेका नेपाली सस्थाहरूको छाता संगठनको भूमिका निर्बाह गर्ने तथा बिदेशमा आर्जन गरेका ज्ञान सिप र धनलाई देश विकासमा लगाउने । मेहनत र ईमान्दारिता देखाए भाग्यले पनि साथ दिने छ भन्दै डा.महतोले बुझ पचाएर बिरोध गर्ने मानिससंग सतर्क हुनु पर्ने कुरा बताउनु भयो ।एनआरएनका केद्रीय उपाध्यक्ष रामप्रताप थापाले पारस्परिक सहयोगबाट सबैलाई फाइदा हुने हुदा देश बाहिर बस्ने २५ लाख नेपालीलाई फाईदा पुग्ने काम गर्नु पर्ने कुरामा ध्यान दिनु पर्छ भन्नु भयो । यसैगरी छेत्रीय को-अर्डिनेटर नरेश कोइरालाले सामाजिक अर्थ व्यवस्थामा जोड दिनुपर्छ भन्नुभयो । डा. श्याम कार्कीले आबस्यक कुरामा बढी जोड दिनु पर्छ भन्नु भयो भने रतन झाले सम्पूर्ण नेपालीलाई एकीकृत गरि ठोस लगानी गर्नु पर्नेमा जोड दिनु भयो । तेस्तै बिल पोरोच्नुकले नेपालीहरुले समयको महत्व बुझन नसकेकोमा व्यंग्य गर्दै समयसंग खेलबाड नगर्न सुझाब दिनु भयो । गोपीकृष्ण काफ्लेले क्यानडामा नेपाली भाषामा देखिएको समस्या र समाधान बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको चौथो चरणमा एनआरएन क्यानडाका अध्यक्ष नबराज गुरुङको सभापतित्वमा संपन्न भयो । एनआरएन क्यानडाका सचिब गोपीकृष्ण काफ्लेद्वारा संचालित उक्त कार्यक्रममा महासचिब सिर्जना पन्तले एनआरएन क्यानाडाको रिपोर्ट प्रस्तुत गर्नु भएको थियो भने सदस्यता समबन्धी रिपोर्ट को -अर्डिनेटर दुर्गा अधिकारीले प्रस्तुत गर्नु भएको थियो । कोषाधयक्ष भरत पौडेल पारिवारिक कारणबाट उपस्थित हुन् नसक्नु भएकोले आर्थिक प्रतिबेदन सचिब गोपीकृष्ण काफ्लेले प्रस्तुत गर्नु भएको थियो। तेसै गरि चित्र प्रधानले बिधान , प्रमोद ढकालले एनआरएन ए डेलिगेशन र प्रतिनिधित्वबारे, बिष्णु सुब्बाले आयोजक कमिटीको रिपोर्ट तथा नबराज गुरुङ, सिर्जना पन्तले विभिन्न प्रस्ताबहरु प्रस्तुत गर्नु भएको थियो । 
   NRN-China News
   News Links 
   NRN-Global News

   Useful Links 
 

   Foreign Exchange
 

   Popular Downloads
 

 
 
 
   Calendar 
   Photo Gallery 
PhotoGallery
साधारण सभाले प्रस्तुत प्रस्ताबलाई अनुमोदन गरेको थियो । कार्यक्रममा सोधिएका प्रस्नहरुको जबाफ डा. उपेन्द्र महतो तथा नबराज गुरुङले दिनु भएको थियो ।  
डिनर पश्चात प्रसिद्द गाइका आनी छोयिंग डोल्माले एक घण्टा भन्दा बढी आफ्ना गीत गाउनु भएको थियो भने उहालाई एनसीएससी तथा सीएनसीए का कलाकारले साथ दिनु भएको थियो। एनसीएससी तथा सीएनसीए को संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम निकै सफल भएको थियो । कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्ने डा.बिनोद के.सी, डा. बेतमान सिंह भण्डारी, डा. राजु तुलाधर, डा. देश सुब्बा , बिस्नु सुब्बा, प्रसन्न मान श्रेष्ठ, रबिन थान्जु, निशा धौबडेल, रश्मी धौबडेल, रत्न तुलाधर, अन्जु थान्जु, हिक्मत भण्डारी लगायत दुवै सस्थाका सम्पूर्ण सहयोगीहरु धन्यवादका पात्र भएका छन् ।
स्रोतः एनसिसि क्यानाडा
Back
   This website is designed & maintained
     by Sudesh Jha (Ranco Solutions Co.)
 
© Copyright  NRN-NCC China
This site is best viewed at 1024x768