2009/07/23
Source: NRNA-NCC Japan
एनआरएन जापानको तेश्रो साधारण सभा सम्पन्न
एनआरएन जापानको तेश्रो साधारण सभा टोकियोको मेगुरो कुमिन सेन्टरमा सम्पन्न भएको छ । जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङ को प्रमुख आतिथ्यमा सम्पन्न सभाका बिशेष अतिथिहरुमा एनआरएन एशोसिएसनका उपाध्यक्ष देवमान हिराचन, एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय सहसंयोजक रुद्र शर्मा, एनआरएन कोरियाका अध्यक्ष गंगा राई र एनआरएन कोरियाका राष्ट्रिय सहसंयोजक बिनोद कुँवर र जापानका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति भयो ।
एनआरएन जापानका अध्यक्ष भवन भट्टको सभापतित्वमा सम्पन्न सभालाई बिभिन्न वक्ताहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । एनआरएन जापानका उपाध्यक्ष रोशन केसीले स्वागत भाषण गर्नु भएको उद्घाटन समारोहको संचालन महासचिव डा. सुदिप अधिकारीले गर्नु भएको थियो । तेश्रो साधारण सभा तयारी समितिका संयोजक ओम गुरुङले कार्यक्रम सफल पार्न बिभिन्न ढंगले सहयोग गर्ने सम्बन्धित सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
साधारण सभाको बन्द सत्रले महासचिव डा. सुदिप अधिकारीले पेश गर्नु भएको प्रतिवेदन, कोषाध्यक्ष शालिकराम भण्डारीले पेश गर्नु भएको आर्थिक प्रतिवेदन र कार्यसमिति सदस्य भूषण घिमिरेले पेश गर्नु भएको विधान संशोधन प्रस्ताव छलफल पछि पारित गरिएको छ । यस पटक संशोधित विधानका प्रावधानमा खासगरी क्षेत्रिय समितिहरुलाई अधिकार प्रत्यायोजन गरी सक्रिय बनाउन आवश्यक व्यवस्था गरिएको छ भने आगामी केन्द्रीय प्रतिनिधिको चयन कार्यसमितिले गर्ने र राष्ट्रिय परिषदको निर्वाचन प्रकृयामा भएका फेरबलद प्रमुख रहेका छन् ।
सभामा गोबिन्द मैनाली सहयोग समितिलाई बिशेष अतिथि देवमान हिराचनले सम्मान गर्नुभयो । समितिका तर्फबाट राजन प्रधानाङ्गले सम्मान पत्र ग्रहण गर्नुभएको थियो । पहिलो चरणको सभालाई सभापति भवन भट्टले समापन गर्नुभएपछि सोही हलमा बिबिध सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।
एनआरएन जापानको तेश्रो साधारण सभाद्वारा आईसीसीमा पठाउनुपर्ने २ जना प्रतिनिधीका लागि भएको निर्बाचनमा अरुणकुमार श्रेष्ठ र किरणबिक्रम थापा बिजयी हुनु भएको छ ।
एनआरएन जापानको उक्त साधारण सभाबाट एनआरएन आइसीसीका लागी जापानबाट महिला र युबा प्रतिनिधिका रुपमा क्रमश: गायत्री पौडेल र स्वतन्त्र पौडेल चयन गरेको छ । साथै एनआरएन जापानको कान्तो क्षेत्रिय सिमितको संयोजक पदमा जोन छन्त्याल छानिनु भएको छ ।
स्रोतः एनसिसि जापान
|