SEARCH   
Welcome to NRN-NCC China
China Date and Time
NEWS FROM NRN-NCC CHINA 
2010/05/02
Source: NRNA-NCC China (ध्रुव पौडेल)


विश्व चिया मञ्चमा नेपाल

सिनिङ्ग हनान (चीन), २ मे २०१० । नेपाल, चीन, भारत, अमेरिका, श्रीलंका, बंगलादेश, कोरिया, जापानलगायत चिया उत्पादन, विक्रीवितरण र उपभोग गर्ने विश्वका ३५ मुलुकको सहभागिता रहेको विश्व चिया मञ्च चीनमा सम्पन्न भएको छ ।
राजधानी बेइजिङबाट झन्डै १ हजार किलोमीटर दक्षिणमा पर्ने सिनयाङ सहरमा आयोजित ”२०१० चीन चिकोङ्ग पहाड विश्व चिया मञ्च”का सहभागीहरुले चियाको उत्पत्ति, इतिहास, चियाले जोडेको साँस्कृतिक र ब्यापारिक सम्बन्ध, चिया उद्योगको दिगो विकास रणनीति, विभिन्न देशको चिया संस्कृति, चिया पर्यटन आदि विषयमा विज्ञहरुद्वारा प्रस्तुत कार्यपत्र छलफल गरेका थिए ।
चीनको प्रसिद्ध माओचियन चियाको उद्गमस्थल र चीनको हरियो चियाको राजधानी भनेर चिनिने सिनयाङ सहरमा आयोजित माचको अवसर पारेर अठारौं चीन सिनयाङ अन्तर्राष्ट्रिय सांस्कृतिक चिया मेला, २०१० चीन हरियो चिया सम्मेलन, विश्व चिया प्रदर्शनी र चियासम्बन्धी आर्थिक तथा ब्यापारिक गतिविधि पनि आयोजना गरिएको थियो ।
मञ्च आयोजनास्थलमा सहभागी मुलुकको परिचायसहितको फोटो प्रदर्शन गरिएको थियो ।
मञ्चमा सहभागी बेइजिङस्थित नेपाली दूतावासका काउन्सेलर निर्मलराज काफ्लेले नेपाल पनि चिया उत्पादक मुलक हुनुका साथै चिया पारखीहरुको समाज भएकोले दुबै देशको सांस्कृतिक पक्षलाई मञ्चले समेटेको र द्विपक्षीय सहयोगको नयाँ ढोका खुलेको बताउनुभयो ।
मञ्चले चिया पर्यटनको अवधारणालाई प्रमुखताका साथ उठाएको उल्लेख गर्दै उहाँले नेपालको चिया उत्पादन हुने जिल्लाहरुको पर्यटन प्रबर्द्धन गरी नेपाल भ्रमण वर्ष २०११मा चिया पर्यटनलाई जोड दिन सकिने कुरामा जोड दिनुभयो । पाँच हजार वर्षअगाडि चीनका शननोङले सबै प्रकारका जडिबुटीहरुको चाखेर चिया पत्ता लगाएका थिए । चीनमा उत्पत्ति भएको चिया कोरिया जापान दक्षिणपूर्वी एशिया यूरोपहुँदै विश्वभरी फैलिएको छ ।
Source: NRN-NCC China
 
Back
 
   NRN-China News
   News Links 
   NRN-Global News

   Useful Links 
 

   Foreign Exchange
 

   Popular Downloads
 

 
 
 
   Calendar 
   Photo Gallery 
PhotoGallery
 
   This website is designed & maintained
&     by Sudesh Jha (Ranco Solutions Co.)
 
© Copyright Script language= "javascript"> NRN-NCC China
This site is best viewed at 1024x768