SEARCH   
Welcome to NRN-NCC China
China Date and Time
NEWS FROM NRN-NCC CHINA 
2010/05/01
Source: NRNA-NCC China (Dhruba Paudel)


मकाउको जेलको सुरक्षार्थ नेपाली

स्वदेशीको आवेदन काम परेपछि चीनको मकाउ विशेष प्रशासनिक क्षेत्रले नेपाल र भियतनामबाट थप जेल-सुरक्षाकर्मी झिकाउने भएको छ । मकाउका युवाहरुका लागि खुल्ला गरिएको जेल-सुरक्षकर्मीको पदमा आवश्यक संख्यामा आवेदन नपर्नु र परेका आवदेकमध्ये आधा शारीरिक परीक्षणमा असफल भएपछि क्षेत्रीय सरकारले नेपाल र भियतनामबाट जनशक्ति आयात गर्ने भएको हो । जेललाई आवश्यक सुरक्षाकर्मी नपुगेपछि क्षेत्रीय सरकारले केही समयअगाडि स्थानीय नागरिकलाई जेलको सुरक्षकर्मीको पदमा आवेदन मागेको थियो । मकाउ जेलका निर्देशक ली काम छियोङ्लाई उद्धृत गर्दै चिनियाँ संचारमाध्यमहरुले जनाएअनुसार आवेदन दिएकामध्ये पनि झण्डै आधाले मात्रै आधारभूत शारीरिक परीक्षण पूरा गरेका छन् । ४ सय सदस्यीय जेल सुरक्षाकर्मीको समूहका लागि छनौट भएका ३५ जना मकाउका युवाहरुलाई एक वर्ष तालिममा पठाइसकिएको छ । छनौट प्रक्रियामा करिब आधा आवेदक छाँटिए पनि छनौटमापदण्डलाई खुकुलो पार्नुको सट्टा क्षेत्रीय सरकारले विदेशबाट सुरक्षाकर्मीको अभाव पूर्ति गर्न लागेको हो । निर्देशक लिले अभावको समस्यासँग जुध्न मकाउबाहिर विशेष गरेर नेपाल र भियतनामबाट जनशक्ति भित्र्याइनेछ भन्नुभयो । मकाउको जेल-सुरक्षाकर्मीको रुपमा हाल नेपाल र भियतनामका मात्रै ८१ सुरक्षाकर्मी कार्यरत छन् । सरकारी तथ्याङकअनुसार हाल मकाउमा १ हजार कैदी छन् र एउटा कैदीलाई अदालतसम्म पुर्याउन कम्तिमा तीन सुरक्षाकर्मीको आवश्यकता पर्छ ।
Source: NRN-NCC China
 
Back
 
 
   NRN-China News
   News Links 
   NRN-Global News

   Useful Links 
 

   Foreign Exchange
 

   Popular Downloads
 

 
 
 
   Calendar 
   Photo Gallery 
PhotoGallery
 
   This website is designed & maintained
&     by Sudesh Jha (Ranco Solutions Co.)
 
© Copyright Script language= "javascript"> NRN-NCC China
This site is best viewed at 1024x768