SEARCH   
Welcome to NRN-NCC China
China Date and Time
NEWS FROM NRN-NCC CHINA 
2010/05/04
Source: NRNA-NCC China (ध्रुव पौडेल)


राजनीतिक सहमति जुटाउन चीनको आहृवान

बेइजिङ  ०४ मे २०१० ।  चीनले नेपालको शान्तिका लागि राजनीतिक दलहरुले आपसी मतभेदहरुलाई उचितरुपमा सम्हाल्दै उनीहरु सहमतिमा आउने आशा ब्यक्त गरेको छ ।
एनेकपा माओवादीले नेपालमा शानिवारदेखि आयोजना गरेको अनिश्चित आमहड्तालको सन्दर्भमा चीनको पराष्ट्रमन्त्रालयका प्रवक्ता चियाङ यूले बेइजिङमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो ।
प्रवक्ता चियाङले नेपालका राजनीतिक शक्तिहरुले राष्ट्रिय हितलाई आत्मसाथ गर्दै वार्ता र सहयोगका माध्यमबाट राजनीतिक सहमति जुटाउने कुरामा हामी आशावादी छौं भन्नुभयो ।
उहाँले नेपालका राजनीतिक दलहरुलाई आपसी मतभेदहरुलाई सहीरुपमा समाधान गरी शान्ति प्रक्रियालाई प्रबर्द्धन गर्दै मुलुकको राजनीतिक स्थिरता र आर्थिक विकासलाई सकेसम्म चाडो सार्थक तुल्याउनका लागि आहृवानसमेत गर्नुभयो ।
चियाङले भन्नुभयो- यो नेपालको आधारभूत स्वार्थका लागि मात्रै होइन, क्षेत्रीय शान्ति र स्थिरताका लागि पनि उपयुक्त छ ।

Source: NRN-NCC China
 
Back
 
 
   NRN-China News
   News Links 
   NRN-Global News

   Useful Links 
 

   Foreign Exchange
 

   Popular Downloads
 

 
 
 
   Calendar 
   Photo Gallery 
PhotoGallery
 
   This website is designed & maintained
&     by Sudesh Jha (Ranco Solutions Co.)
 
© Copyright Script language= "javascript"> NRN-NCC China
This site is best viewed at 1024x768