SEARCH   
Welcome to NRN-NCC China
China Date and Time
NEWS FROM NRN-NCC CHINA 
2010/05/04
Source: NRNA-NCC China (ध्रुव पौडेल)


एनआरएन-चीन दोस्रो वार्षिक अधिवेशनको तयारीमा

ग्वान्झाउ, ६ जुन । गौरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् (एन.सी.सी.) चीनले आफ्नो दोस्रो वार्षिक अधिवेशन आगामी जुन २० तारिखका दिन आयोजना गर्ने तयारी गरिरहेको छ ।
चीनको दक्षिणी ब्यापारिक सहर ग्वान्झाउस्थित होटल एशिया इन्टरनेशनलमा आयोजना गरिने कार्यक्रमा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद् (आई.सी.सी.)का अध्यक्ष देवमान हिराचन र चीनका लागि नेपाली राजदूत टङ्कप्रसाद कार्कीको आतिथ्यता रहने निश्चित भएको छ ।
अधिवेशन आयोजक समितिका संयोजक एवम् एनआरएन-चीनका महासचिव श्री सुन्दर थापाले दिनुभएको जानकारीअनुसार संस्थाले विगत एक वर्षमा हासिल गरेको प्रगतिविवरण र आगामी वर्षको वार्षिककार्ययोजना प्रतिवेदन अधिवेशनमा प्रस्तुत गरिने कार्यक्रम छ । अधिवेशनकै अवसर पारेर हालसम्म संस्थालाई उल्लेखनीय सहयोग गर्दै आइरहनुभएका महानुभाव एवम् संस्थाहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको छ ।
शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थलको विषयमा चीनमा विभिन्न भ्रमहरु फैलिरहेको सन्दर्भमा बुद्धको जन्मस्थलको बारेमा सही जानकारी प्रवाह गर्नका लागि चीनमा रहेको गैरआवासीय नेपालीहरुले खेल्नसक्ने भूमिकाका बारेमा छलफल गरिने श्री थापाले बताउनुभयो । अधिवेशनमा सहभागिताको लागि चीनका विभिन्न भागमा ब्यापार व्यवसाय र पेशामा आवद्ध नेपाली एवम् सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई उपस्थितका लागि एनआरएन-चीनले अनुरोध गरेको छ ।

Source: NRN-NCC China
 
Back
 
 
   NRN-China News
   News Links 
   NRN-Global News

   Useful Links 
 

   Foreign Exchange
 

   Popular Downloads
 

 
 
 
   Calendar 
   Photo Gallery 
PhotoGallery
 
   This website is designed & maintained
&     by Sudesh Jha (Ranco Solutions Co.)
 
© Copyright Script language= "javascript"> NRN-NCC China
This site is best viewed at 1024x768