SEARCH   
Welcome to NRN-NCC China
China Date and Time
NEWS FROM NRN-NCC CHINA 
2010/06/20
Source: NRNA-NCC China (Sudesh Jha)


गैर-आवासीय नेपाली संघ चीनको दोस्रो वार्षिक कार्यक्रम सम्पन्न
गैर-आवासीय नेपाली संघ चीनको दोस्रो वार्षिक कार्यक्रम नौ बुंदे घोषणापत्रका साथ गत २०-जुन-२०१० आइतबार ग्वान्ग्जौमा सम्पन्न भयो वार्षिक कार्यक्रम चीनको दक्षिण व्यापारिक सहर ग्वान्ग्जौमा हवांग सी तोंग लु स्थित विशाल पाँचतारे होटल एसिया इन्टरनेसनलको अत्यन्तै मनमोहक तथा रमणीय साथै प्रचुर आधुनिकताले सुसज्जित सभागृहमा भव्यताकासाथ भएको थियो चीनको ग्वान्ग्जौ सहर नेपाली व्यवसायीहरुको सबैभन्दा वढी बसोबास भएको स्थल हो

गैर-आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष श्री देवमान हिराचनको प्रमुख आतिथ्य तथा चीनको लागी नेपालको राजदूत महामहिम श्री टंक प्रसाद कार्कीको विशेष आतिथ्यमा सम्पन्न सो समारोहको उद्घाटन अध्यक्ष श्री देवमान हिराचन एवम राजदूत श्री टंक प्रसाद कार्कीले संयुक्त रुपमा गर्नुभएको थियो
कार्यक्रमको सभापतित्व एन.आर.एन. चीनको अध्यक्ष श्री डिल्ली प्रसाद पराजुली(बलराम)ले गर्नु भएको थियो

कार्यक्रमको सुरुवात एन.आर.एन. चीनको उपाध्यक्ष श्री राजन जम्मकट्टेलको स्वागत मन्तव्यबाट गरिएको थियो र शुभकामना दिनेहरुमा आइ.सी.सी. हंगकंग प्रतिनिधिद्वय श्री जे.एन.ज्ञवाली, श्री कृष्ण पाण्डे, आइ.सी.सी. कोरिया प्रतिनिधि श्री गंगा राज राई, एन.सी.सी. मकाउका अध्यक्ष श्री सुदर्शन थापा मगर तथा आइ.सी.सी. एसिया प्रशान्त क्षेत्रीय उप-संयोजक श्री रुद्र प्रसाद शर्मा हुनु हुन्थ्यो

एन.आर.एन. चीनको कोषाध्यक्ष श्री नविन विश्वकर्माले संस्थाको वार्षिक आय-व्यय विवरण प्रस्तुत गर्नु भएको थियो प्रमुख अतिथि अध्यक्ष श्री देवमान हिराचन एवम राजदूत श्री टंक प्रसाद कार्कीले संयुक्त रुपमा एन.आर.एन. चीनको आधिकारिक वेबसाइट www.nrnchina.com को सुभारम्भ गर्नु भयो एन.आर.एन. चीनको सचिव तथा वार्षिक कार्यक्रम आयोजक समितिको सह-संयोजक श्री सुदेश कुमार झाले वेबसाइटको कार्य प्रणालीबारे समारोहमा जानकारी दिनुभयो श्री झा सो वेबसाइटको निर्माणकर्ता तथा संचालक पनि हुनु हुन्छ

समारोहमा एन.आर.एन. चीनलाई सुरुदेखिनै आर्थिक रुपमा सहयोग पुरयाउदै आएका ग्वान्ग्जौ स्थित ट्रान्सपोर्ट कम्पनीहरु जय श्री राम ट्रान्सपोर्ट, मुसा ट्रान्सपोर्ट, मा हाई लोंग ट्रान्सपोर्ट र पशुपति ट्रान्सपोर्टलाई दोसल्ला ओढाई कदरपत्र बाट सम्मान गरियो

कार्यक्रममा विशेष अतिथि चीनको लागी नेपालको राजदूत श्री टंक प्रसाद कार्कीले एन.आर.एन. चीनको वार्षिक कार्यक्रमको सफलताको कामना गर्दै विश्वमा छरिएर रहेका एन.आर.एन.का २८ लाख नेपालीले सद्भावना राजदुतको रुपमा काम गरिदिन अनुरोध गर्दै त्यसले मुलुकको ठुलो कुटनीतिक अभिभारा कम हुने थियो भन्नुभयो नेपाल जाने चिनियाँ पर्यटकलाई सहज रुपमा भिसा उपलब्ध गराउन एन.आर.एन. चीनले सहजकर्ताको भूमिका निर्वाह गर्न सक्ने उल्लेख गर्दै त्यसको लागी जुनसुकै सहयोग उपलब्ध गराउन दुतावास तयार रहेको उहाँले उल्लेख गर्नुभयोराजदूत श्री कार्कीले अधिकांश चिनियाहरुमा शाक्यमुनि बुद्धको जन्मथलो बारे भ्रम रहेको बताउदै सो बारे प्रस्ट्याउन थोरैमात्र मिहनेत गरे पर्यटन वर्ष २०११ मा चीनबाट मात्रै १ लाख पर्यटक भित्रयाउने लक्ष्य सामान्य रहेको खुलाए

कार्यक्रममा एन.आर.एन.-एन.सी.सी. चीनको उपाध्यक्ष श्री शिव श्रेष्ठले गौतम बुद्धको जन्मथलो नेपाल नै भएको जिक्र गर्दै यसबारे हामीले अभियान चलाई सो बारेमा रहेको अन्य भ्रमहरुलाई अन्त्य गर्नु पर्ने बताए कार्यक्रमको अर्को वक्ता एन.आर.एन.-एन.सी.सी. चीनको कार्यसमिति सदस्य श्री अमर व्यन्जनकारले पर्यटक वर्ष २०११ लाई सफल बनाउन एन.आर.एन.को भूमिका महत्वपुर्ण हुने बताए एन.आर.एन.-एन.सी.सी. कार्यसमिति सदस्य श्री रंजन ढकालले समृद्ध नेपाल बनाउन एन.आर.एन.को भूमिका तथा बिदेशमा अर्जेको धन र सीपलाई मातृभूमिमा लगी नेपालीको लागी नेपाली भन्ने एन.आर.एन.को नारालाई सफल बनाउन हामी सबै लाग्नुपर्ने बताउनु भयो उहाले हरेक वर्ष थिममा आधारित कार्ययोजना बनाए क्रमिक रुपमा देशको विकाश गर्न सकिने बताउनु भयो

कार्यक्रम मूल आयोजक समितिको संयोजक तथा एन.आर.एन.-एन.सी.सी. चीनको संयोजक श्री सुन्दर थापाले एन.आर.एन.-एन.सी.सी. चीनको वार्षिक प्रतिवेदन (२००९~२०१०) पेश गर्नु भयो प्रतिवेदन पेश गर्नु भन्दा पहिले वहाँले समारोहमा आयोजक समितीको अन्य सदस्य तथा कार्यकारी समितीको सदस्यहरुको परिचय पनि गराउनु भयो वार्षिक प्रतिवेदन पेश गर्दै श्री थापाले ग्वान्ग्जौमा यथासीघ्र नेपाली वाणिज्य दुताबास खोल्न आग्रह गर्नु भयो  
   NRN-China News
   News Links 
   NRN-Global News

   Useful Links 
 

   Foreign Exchange
 

   Popular Downloads
 

 
 
 
   Calendar 
   Photo Gallery 
PhotoGallery
 
    

वहाँले वर्षभरिमा एन.आर.एन.-एन.सी.सी. चीनले गरेको कार्यको सिलसिलेबार बिबरण प्रस्तुत गर्नु भयो एन.आर.एन. चीनको विधान कार्यसमितिबाट पास भइ जारी भएको र सो बिधान सबैको सुलभ उपलब्धिको लागी संस्थाको आधिकारिक वेबसाइट मा उपलब्ध भएको जानकारी गराउनु भयो

कार्यक्रमको प्रमुख अतिथी गैर-आवासीय संघको अध्यक्ष श्री देवमान हिराचनले प्रतेक नेपालीको प्रतिष्ठा नेपालसंग गासिएको हुँदा मुलुकलाई समृद्ध बनाउन प्रवासमा रहेको सबै एक जुट हुनुपर्ने बताए नेपालपुत्री भृकुटी नेपाली इतिहासमानै पहिलो एन.आर.एन. भएको स्मरण गराउदै, एन.आर.एन. चीनले आगामी दिनमा एन.आर.एन.-आइ.सी.सी. मा महत्वपुर्ण भूमिका खेल्नु पर्ने बताउनु भयो अध्यक्ष श्री हिराचनले दस करोड डलरको नेपाल लगानी कोष, ओपन यूनिवर्सिटी, हेटौडा-काठमाडौँ फास्ट ट्रयाक लगाएतका ठुला आयोजना कार्यान्वयनका लागी एन.आर.एन. तदारुकता साथ लागेको पनि बताउनु भयो समयमा संबिधान जारी हुननसकेकोमा परदेशमा रहेका नेपाली अत्यन्त दुखित रहेको भावना समेत उनले पोखे सोचाई विउ र मन खेत भएको बताउदै राम्रो कामको नतिजा राम्रो नै हुने बताए देशले हामीलाई के गर्देला भन्नुभन्दा हामीले देशलाई के गर्न सकिन्छ भन्ने सोच्ने समय आइसकेको बताउनु भयो एन.आर.एन. ले जन्मभूमि र कर्मभुमी बिच पुलको काम गर्नु पर्ने र यसले आफ्नो देशको बिकाशमा ठुलो टेवा हुने धारणा राख्नु भयो

एन.आर.एन.-आइ.सी.सी. हंगकंग प्रतिनिधी श्री कृष्ण पाण्डेले संसारभर छरिएर रहेका नेपाली अब आर्थिक उन्नतितर्फ अग्रसर हुनु पर्ने विचार राखे आर्थिक रुपमा सबल भए परदेशमै रही मुलुकको आर्थिक सामाजिक रुपान्तरणमा समेत योगदान गर्न सकिने उनको बुझाई थियो

काय्रक्रममा एन.आर.एन. एसिया प्रशान्त क्षेत्रका सह-संयोजक श्री रुद्र प्रसाद शर्मा, कोरिया आइ.सी.सी. प्रतिनिधी श्री गंगा राज राई, हंगकंग आइ.सी.सी. प्रतिनिधी श्री जगन्नाथ ज्ञवाली तथा मकाउ एन.आर.एन. अध्यक्ष श्री सुदर्शन थापा मगरले पनि आफ्नो धारणा कार्यक्रमका सहभागीहरुसँग बाड्नु भयो

एन.आर.एन. चीनको अध्यक्ष श्री डिल्ली प्रसाद पराजुली(बलराम) ले कार्यक्रमको समापन गर्दै एन.आर.एन. चीनमा १५० क्रियाशील सदस्य रहेको जानकारी गराउदै संघले कल्याणकारी कोषको स्थापना गरेको पनि बताउनु भयो

कार्यक्रम समापन पछी सह्भागीहरुको लागी होटलको ४५औ तल्लामा अवस्थित रिवाल्विंग रेस्टुरेन्टमा दिवाभोजको व्यवस्था गरिएको थियो

नौ बुंदे ग्वान्ग्जौ घोषणापत्र जारी गर्दै गैर-आवासीय चीनको वार्षिक कार्यक्रम सम्पन्न भयो

ग्वान्ग्जौ घोषणापत्र २०१०

नौ बुंदे ग्वान्ग्जौ घोषणापत्र जारी गर्दै गैर-आवासीय नेपाली संघ (एन.आर.एन.) राष्ट्रिय समन्वय परिषद चीनको दोस्रो वार्षिक अधिवेशन चीनको दक्षिणी व्यापारीक सहर ग्वान्ग्जौमा आज सम्पन्न भएको छ घोषणापत्रका बुँदाहरु निम्न लिखित छन्:

१.       नेपाली व्यवसायीहरुको बाक्लो उपस्थिति र व्यापारीक गतिविधि रहेको ग्वान्ग्जौमा यथाशीघ्र नेपाली वाणिज्यदुताबास खोल्न आवश्यक पहल गर्नको लागी नेपाल सरकार र एन.आर.एन. केन्द्रलाई अनुरोध गर्ने निर्णय गरियो

२.     चीनको सबै क्षेत्रका व्यापारीक समस्या समाधान गर्ने एवम् आपसी एकतालाई मजबुतरुपमा स्थापित गर्ने निर्णय गर्दै चीनको विशेष प्रशासनिक क्षेत्रहरु हंगकंग र मकाउसंग मुख्यभूमि निकट दुरीमा रहेको हुनाले तिनै क्षेत्रका एन.आर.एन. बीच विशेष सम्बन्ध र कार्यगत एकता विकसित गर्ने निर्णय गरियो

३.     बुद्धको जन्मस्थान नेपाल नै हो भनेर सरकारी, गैरसरकारी र अन्य संघसंस्थालाई जानकारी दिने तथा प्रकाशित कृति सच्च्याएर लेखकलाई सत्यतथ्यलाई बाहिर ल्याउन पहल गर्ने निर्णय गरियो

४.     गैर-आवासीय नेपालीहरुको संगठन अन्तराष्ट्रिय समन्वय परिषद्को दोस्रो अधिवेशनले घोषणा गरेको सामुहिक लगानीको अवधारणालाई कार्यान्वयन गर्न एन.आर.एन. केन्द्रलाई अनुरोध गर्ने निर्णय गरियो

५.     विश्वका विभिन्न क्षेत्रमा रोजगारीको शिलशिलामा जाँदाआउँदा विमानस्थल र अध्यागमनमा हुने दुर्व्यवहारलाई सच्च्याई ससम्मान जानआउन सहज बनाउन अनुरोध गर्ने निर्णय गरियो

६.      नेपाल पर्यटन वर्ष २०११ लाई सफल बनाउन एन.आर.एन.चीनको तर्फबाट यथासक्य पहल गर्ने तथा काठमाडौं उपत्यकाको उचितरुपमा फोहर व्यवस्थापन गर्न र अध्यागमन सेवालाई चुस्त र सरल बनाउन एवम् त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि मुख्य सहरसम्मको यातायात व्यवस्थालाई व्यवस्थित गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल सरकारलाई सशक्तरुपमा कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय गरियो

७.     एन.आर.एन. चीनले गर्दै आएको सामाजिक गतिविधिहरुलाई अझ सशक्तरुपमा वृद्धि गर्ने निर्णय गरियो

८.     कल्याणकारी कोष चीनको स्थापन गरी अरु सवल र सक्षम परियोजनाहरु संचालन गर्ने पहल गर्ने निर्णय गरियो

९.      स्वदेश तथा विदेशमा रहेको सम्पूर्ण नेपालीहरुको वर्षौदेखिको चाहना र एक मात्र उच्च कामना नयाँ संविधान निर्धारित समयमा जारी गर्न आह्वान गर्न निर्णय गरियो

   घोषणापत्रमा हस्ताक्षर गर्नहुने एन.आर.एन. प्रतिनिधीहरु:

१.       श्री देवमान हिराचन      अध्यक्ष, एन.आर.एन. अन्तराष्ट्रिय समन्वय परिषद

२.     श्री रुद्र शर्मा            सहसंयोजक, एन.आर.एन. एशिया तथा प्रशान्त क्षेत्र

३.     श्री डिल्ली प्रसाद पराजुली (बलराम) अध्यक्ष,एन.आर.एन. चीन

४.     श्री सुन्दर थापा   महासचिव, एन.आर.एन.चीन तथा वार्षिक कार्यक्रम संयोजक

५.     श्री गंगा राज राई        एन.आर.एन.-आइ.सी.सी. प्रतिनिधि (कोरिया)

६.      श्री कृष्ण पाण्डे          एन.आर.एन.-आइ.सी.सी. प्रतिनिधि (हंगकंग)

७.     श्री जे.एन. ज्ञवाली        एन.आर.एन.-आइ.सी.सी. प्रतिनिधि (हंगकंग)

Click Here for Photos of NRN-NCC Annual Program - 2010
Source: NRN-NCC China
Back

 
   This website is designed & maintained
&     by Sudesh Jha (Ranco Solutions Co.)
 
© Copyright  NRN-NCC China
This site is best viewed at 1024x768