NEWS FROM
NRN-NCC CHINA |
2011/06/04
Source: NRNA-NCC China
गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको दोश्रो महाधिबेशनद्वारा गठित तेस्रो कार्यसमितिको पहिलो बैठक सम्पन्न
गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको दोश्रो महाधिबेशनद्वारा गठित तेस्रो कार्यसमितिको पहिलो बैठक ०४-जुन-२०११ का दिन लु जिंग लु स्थित चाइनिज रेस्टुराँमा बसी निम्नलिखित निर्णय गरियो। बैठकको अध्यक्षता एन.आर.एन.ए.-चीन को अध्यक्ष श्री सुन्दर थापाले गर्नु भएको थियो।
निर्णय १ :
श्री डिल्ली प्रसाद पराजुली(बलराम)ज्यूको अध्यक्षतामा गठित निवर्तमान कर्यसमिति सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेकोमा हार्दिक धन्यवाद तथा श्री सुन्दर थापाज्यूको अध्यक्षतामा गठित बर्तमान नयाँ कार्य समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिइयो।
निर्णय २ :
निवर्तमान अध्यक्ष श्री डिल्ली प्रसाद पराजुली (बलराम)ज्यूको अध्यक्षतामा बर्तमान नयाँ सल्लाहकार समिति चयन गर्ने निर्णय गरियो।
तपसिल:
१. श्री डिल्ली प्रसाद पराजुली सल्लाहकार
२. श्री शंकर ज्ञवाली सल्लाहकार
३. श्री शिव श्रेष्ट सल्लाहकार
निर्णय ३:
दोश्रो महाधिवेशनद्वारा अनुमोदित निवर्तमान कार्यसमितिको मौज्दुत कोष लेखा तथा रकम नयाँ कार्यसमितिलाई यथाशीघ्र हस्तान्तरण गर्न बर्तमान बैठकमा अनुपस्थित रहेकाले पुर्व कोषाध्यक्ष तथा वर्तमान उपाध्यक्ष श्री नविन बि.क.ज्यूलाई सम्पर्क गरी वर्तमान कार्यसमितिले जानकारी गराई यथाशीघ्र हस्तान्तरण गर्न लगाउने निर्णय गरियो।
निर्णय ४:
आइ.सी.सी. अध्यक्ष श्री देवमान हिराचनज्यू तथा कोरिया आई.सी.सी. प्रतिनिधि, नवनियुक्त चीनको आई.सी.सी. प्रतिनिधि तथा वर्तमान एन.सी.सी. अध्यक्ष, निवर्तमान अध्यक्ष तथा अन्य कार्यकारी सदस्यहरुज्यूको समुपस्थितिमा आगामी बिधान संसोधन गर्ने गरी तपसिल बमोजिमको पद सिर्जना गरी पदपुर्ति गरियो ।
तपसिल:
१. श्री राजन जे.के. वरिष्ट उपाध्यक्ष
२. श्री प्रकाश खरेल प्रवक्ता
निर्णय ५:
संस्थाको आयस्रोत वृद्धिको लागी तपसिल बमोजिमको व्यक्तित्वहरुलाई सम्बन्धित निकायमा निगरानी तथा आयस्रोत वृद्धिको लागी पहल गर्ने जिम्मेवारी दिइयो।
तपसिल :
१. मुसा ट्रान्सपोर्ट
-------------१. श्री प्रकाश खरेल २. श्री लीला उप्रेती
२. जय श्री राम ट्रान्सपोर्ट---१ . श्री प्रदिप भण्डारी
३. पशुपति ट्रान्सपोर्ट
--------१. श्री सुन्दर थापा २. श्री सुभाष दहाल
४. मा हाई लोंग ट्रान्सपोर्ट--१. श्री शंकर ज्ञवाली २. श्री रोहित अग्रवाल
५. ला हेइ मा ट्रान्सपोर्ट
----१. श्री राजन जे.के. २. श्री सुशील बेलबासे
६. पुरन छाँग ट्रान्सपोर्ट
-----१. श्री राजु श्रेष्ठ २. श्री राम कुमार राई (शुक्ला)
Source: NRN-NCC China
Back |
|
|
|
|
|
 |