SEARCH   
Welcome to NRN-NCC China
China Date and Time
NEWS FROM NRN-NCC CHINA 
2011/08/06
Source: NRNA-NCC China


गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको दोश्रो महाधिबेशनद्वारा गठित तेस्रो कार्यसमितिको पाचौं बैठक सम्पन्न

गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको दोश्रो महाधिबेशनद्वारा गठित तेस्रो कार्यसमितिको पाचौं बैठक ०६-अगस्त-२०११ का दिन लु जिंग लु स्थित चाइनिज रेस्टुराँमा बसी निम्नलिखित निर्णय गरियो। बैठकको अध्यक्षता एन.आर.एन.ए.-चीन को अध्यक्ष श्री सुन्दर थापाले गर्नु भएको थियो।
 
निर्णय १ : ट्रान्सपोर्टबाट उठाउदै आएको रकम सम्बन्धमा हिमाल सीमापार बाणिज्य संघ , काठमाडौँ तथा नेपालका चीनसंग सम्बन्धित ब्यापारीहरुको अनुरोधमा एन.आर.एन.ए. चीन र हि.सी.बा.संघ सहकार्य गरी रकम संकलन गर्ने निर्णय गरियो उक्त सहकार्य सुरुमा १ वर्षको लागी (सम्झौता भएको मितिले ) हुने र प्रतेक वर्ष अवस्था हेरी नविकरण गर्ने गरी भविष्यमा नेपालमा रहेका कुनै पनि ब्यापारी संघ संस्थाहरुको नाकारात्मक प्रतिक्रिया आएमा सो को समाधान हि.सी.बा.संघले नै गर्ने निर्णय गरी सम्झौता गर्ने निर्णय गरियो। यो सम्झौता नीतिगत रुपमा सम्पूर्ण नेपाल चीन संग सम्बन्धित ब्यापारीहरुको हक हितलाई समेटने र दुवै संस्थाको आर्थिक पक्षलाई सदृढ पर्ने निष्कर्ष बैठकले गर्यो। उक्त सम्झौताको प्राबिधिक प्रक्रिया तथा ब्यबहारिक छलफलका लागी ८-अगस्त-२०११ (सोमबारका) दिन कोहिनूर रेस्टुरेन्टमा बैठक गर्ने निर्णय गरियो।
निर्णय २ : नेपाली महिलाहरुको महान चाड तीज एन.आर.एन.ए. चीनले मनाउदै आएको सन्दर्भमा यसपाली पनि एन.आर.एन.ए. चीनका सदस्य श्री राजन घलेको संयोजकत्वमा ३ सदस्यीय उपसमिति गठन गरियो।
तपसिल
१. श्री राजन घले           संयोजक
२. श्री मिलन ज्ञवाली        सदस्य
३. श्री राम कुमार राई (सुक्ला) सदस्य  

Source: NRN-NCC China
Back
 
 
   NRN-China News
   News Links 
   NRN-Global News

   Useful Links 
 

   Foreign Exchange
 

   Popular Downloads
 

 
 
 
   Calendar 
   Photo Gallery 
PhotoGallery
 
   This website is designed & maintained
&     by Sudesh Jha (Ranco Solutions Co.)
 
© Copyright Script language= "javascript"> NRN-NCC China
This site is best viewed at 1024x768