NEWS FROM
NRN-NCC CHINA |
2011/08/08
Source: NRNA-NCC China
गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको दोश्रो महाधिबेशनद्वारा गठित तेस्रो कार्यसमितिको
छठौ बैठक सम्पन्न
आज मिति ०८-अगस्त-२०११ का दिन ग्वान्ग्जौ, लु जिंग लु स्थित कोहिनूर रेस्टुरेन्टमा नेपाल हिमालय सीमापार वाणिज्य संघको आयोजनामा गैर-आवासीय नेपाली संघ, चीन र ने.हि.सी.वा.संघ बिच चीनबाट खासा हुदै नेपाल भित्रिने सामग्री ढुवानी गर्ने चीनका ट्रान्सपोर्ट कम्पनि संग गैर-आवासीय नेपाली संघ, चीनले संकलन गर्दै आएको आर्थिक संकलनलाई अझैँ सदृढ गरी आगामी दिनमा दुई संस्था बिच समन्वय गरी रकम संकलन गर्ने सम्झौता हामी दुवै संस्थाका तर्फबाट निम्न उपस्थित सहभागीहरुले व्यापक अन्तरक्रिया गरी सम्झौता गर्ने निर्णय गरियो। सम्झौता तथा कार्यान्वयनका लागी छुटै अर्थ संकलन उप समिति पनि गठन गर्ने निर्णय गरियो।
निर्णय १:
सम्झौतापत्र तयारी तथा कार्यन्वयनको लागी दुवै संस्थाको तर्फबाट ५-५ सदस्य अर्थ सकलन उपसमिति तपसिल बमोजिमका सदस्यहरु रहने निर्णय गरियो।
एन.आर.एन.ए.-एन.सी.सी. चीनको तर्फबाट
१. श्री राजन जे.के. संयोजक(वरिष्ठ उपाध्यक्ष)
२. श्री डिल्ली प्रसाद पराजुली(बलराम) सदस्य
३. श्री प्रकाश खरेल सदस्य
४. श्री सुशील बेलबासे सदस्य
५. श्री गणेश भट्टराई सदस्य
६. श्री शंकर ज्ञवाली सदस्य
नेपाल हिमालय सीमापार वाणिज्य संघको तर्फबाट
१. श्री मिन बहादुर श्रेष्ठ संयोजक(उपाध्यक्ष)
२. श्री भरत कार्की सदस्य
३. श्री बच्चु पौडेल सदस्य
४. श्री काली दास गोतामे सदस्य
Source: NRN-NCC China
Back |
|
|
|
|
|
 |