SEARCH   
Welcome to NRN-NCC China
China Date and Time
NEWS FROM NRN-NCC CHINA 
2011/08/24
Source: NRNA-NCC China


गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको दोश्रो महाधिबेशनद्वारा गठित तेस्रो कार्यसमितिको सातौ बैठक सम्पन्न

गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको दोश्रो महाधिबेशनद्वारा गठित तेस्रो कार्यसमितिको सातौ बैठक ३०-अगस्त-२०११ का दिन लु जिंग लु स्थित चाइनिज रेस्टुराँमा बसी निम्नलिखित निर्णय गरियो। बैठकको अध्यक्षता एन.आर.एन.ए.-चीन को अध्यक्ष श्री सुन्दर थापाले गर्नु भएको थियो।
निर्णय १: नेपाली महिलाहरुको महान चाड हरितालिका तिज मनाउने सन्दर्भमा भएको कमि कमजोरीहरुको समीक्षा गरियो। साथै सो कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्नु भएकोमा आयोजक कमिटिको संयोजक श्री राजन घले र सदस्यहरुलाई(सुक्ला प्रधान र मिलन ज्ञवाली) धन्यवाद ज्ञापन गरियो।
निर्णय २: कुनै पनि एन.आर.एन.ए.-एन.सी.सी. चीनद्वारा आयोजना गरिने कार्यक्रमहरुको लागी आयोजक समिति गठन गर्दा नै कार्यक्रमको प्रकृति अनुसार आयोजक कमिटिको काम कर्तव्य र अधिकार तय गर्ने निर्णय गरियो।
निर्णय ३: पाचौ गैर-आवासीय नेपाली संघ विश्व सम्मेलनमा भाग लिन जाने सदस्यहरुको नाम संकलन गर्न सबै सदस्यहरुलाई इमेल मार्फत जानकारी गराइ नामावली संकलन गरी एन.आर.एन. सचिवालयमा पठाउने निर्णय गरियो।
निर्णय ४: एन.आर.एन.ए. को "एक देश एक योजना" अन्तर्गत एन.आर.एन.ए. चीनबाट गर्ने कार्यको लागी सम्पूर्ण सदस्यहरुलाई जानकारी गराउन इमेल मार्फत खबर गर्ने र अर्को वैठकमा ठोस योजनाहरुलाई छलफलको लागी ल्याउने निर्णय गरियो।
निर्णय ५: एन.आर.एन.ए.-एन.सी.सी. चीनको कल्याणकारी कोष संचालनको लागी पुर्व कमिटिलाई बिघटन गरी नयाँ कार्य समितिबाट सो कोष संचालक समिति पुनः गठन गर्ने निर्णय गरियो। कोषको संचालक समिति तपसिल बमोजिम गठन गरियो।
                                
तपसिल
१. श्री सुन्दर थापा                  संरक्षक
२. श्री सुदेश झा                    संयोजक
३. श्री रंजन ढकाल                  सदस्य
४. श्री प्रकाश खरेल                  सदस्य
५. श्री रोहित अग्रवाल                सदस्य
६. श्री संजय चेतानी                 सदस्य
७. श्री डिल्ली प्रसाद पराजुली(बलराम)      सदस्य
८. श्री शंकर ज्ञवाली                 सदस्य
९. श्री राजीव केशरी                 सदस्य
१०. श्री प्रदिप भण्डारी                सदस्य
११. श्री राजु श्रेष्ठ                     सदस्य  

Source: NRN-NCC China
Back
 
 
   NRN-China News
   News Links 
   NRN-Global News

   Useful Links 
 

   Foreign Exchange
 

   Popular Downloads
 

 
 
 
   Calendar 
   Photo Gallery 
PhotoGallery
 
   This website is designed & maintained
&     by Sudesh Jha (Ranco Solutions Co.)
 
© Copyright Script language= "javascript"> NRN-NCC China
This site is best viewed at 1024x768