SEARCH   
Welcome to NRN-NCC China
China Date and Time
NEWS FROM NRN-NCC CHINA 
2011/12/03
Source: NRNA-NCC China


गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको दोश्रो महाधिबेशनद्वारा गठित तेस्रो कार्यसमितिको नवौं बैठक सम्पन्न

गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको दोश्रो महाधिबेशनद्वारा गठित तेस्रो कार्यसमितिको नवौं बैठक ०३-डिसेम्बर-२०११ का दिन लु जिंग लु स्थित चाइनिज रेस्टुराँमा बसी निम्नलिखित निर्णय गरियो। बैठकको अध्यक्षता एन.आर.एन.ए.-चीन को अध्यक्ष श्री सुन्दर थापाले गर्नु भएको थियो।

निर्णय १: प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समितिमा एन.आर.एन.ए. को तर्फबाट आई.सी.सी. अध्यक्ष पदेन सदस्य रहने गरी नेपाल सरकारको निर्णय भएको हुँदा एन.आर.एन.ए.-आई.सी.सी.अध्यक्ष श्री जिवा लामिछानेज्यू सो समितिमा पर्नु भएकोमा वहाँलाई वधाई तथा शुभकामना व्यक्त गरियो।
निर्णय २: एन.आर.एन.ए.-एन.सी.सी.चीनको उपाध्यक्ष श्री नविन बि.क.ज्यू द्वारा संस्थाको अध्यक्ष समक्ष प्रस्तुत गर्नु भएको राजीनामाको बारेमा वैठकमा छलफल गरियो। र सर्वसम्मत रुपले श्री बि.क.ज्यूको विगतका कार्यको लागी धन्यवाद सहित वहाँको राजीनामा स्वीकृत गरियो।
निर्णय ३: एन.आर.एन.ए.-एन.सी.सी. चीनको कार्यसमिति सदस्य श्री अमर व्यन्जनकार र श्री विजय भण्डारी नियमित वैठकहरुमा लगातार अनुपस्थित हुनु भएको र अनिवार्य उपस्थितिको सूचना पाएर पनि उपस्थित हुन् नसक्दा संस्थाको कार्य समितिको पुर्व निर्णय(नियम) अनुसार वहाँहरुको कार्यकारी सदस्यता स्वत खारेज भएको निर्णय गरियो।
निणर्य ४: एन.आर.एन.ए. संस्थाको भवनको लागी विश्व सम्मेलनमा आई.सी.सी.सदस्य श्री रंजन ढकालज्यूद्वारा भाका गरिएको रकम ने.रु. २ लाख लाई छलफलगरी सर्वसम्मत रुपले स्वीकृत गरियो।
निर्णय ५: एन.आर.एन.ए.-आई.सी.सी. मा चीनको तर्फबाट प्रतिनिधित्व गर्ने आई.सी.सी.सदस्य तथा अन्य पदाधिकारीहरुको सदस्यता शुल्क संस्थाकै तर्फबाट बेहोर्ने निर्णय गरियो।
निर्णय ६: गैर-आवासीय नेपाली श्री सन्तोष रायमाझीको चीनको इउ शहरबाट उद्धार गरी नेपाल सकुशल फिर्ता पठाइएको समबन्धमा छलफल गर्दै सो कार्यमा पुर्याएको सहयोगको लागी नेपाली दुताबासलाई धन्यवाद ज्ञापन गरियो साथै सो कार्यमा सहयोग पुर्याउने इउ का नेपाली साथीहरु साथै हाम्रो कार्यसमितिका संलग्न सदस्य सहित सो कार्यको सफल अगुवाई गर्नु भएकोमा संस्थाको अध्यक्ष श्री सुन्दर थापा सहित अन्यलाई धन्यवाद ज्ञापन गरियो। साथै श्री सन्तोष रायमाझीको भविष्यको सफलताको शुभकामना पनि व्यक्त गरियो।  

Source: NRN-NCC China
Back
 
 
   NRN-China News
   News Links 
   NRN-Global News

   Useful Links 
 

   Foreign Exchange
 

   Popular Downloads
 

 
 
 
   Calendar 
   Photo Gallery 
PhotoGallery
 
   This website is designed & maintained
&     by Sudesh Jha (Ranco Solutions Co.)
 
© Copyright Script language= "javascript"> NRN-NCC China
This site is best viewed at 1024x768