NEWS FROM
NRN-NCC CHINA |
2011/12/31
Source: NRNA-NCC China
गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीनको कल्याणकारी कोष संचालक समितिको आयोजकत्वमा सांगीतिक साँझ “ग्वान्ग्जौ म्युजिकल नाइट” आयोजना
ग्वान्ग्जौ, चीन ०१-जनवरी-२०१२
नयाँ वर्ष २०१२ को अवसर पारेर चीनको एक मात्र नेपाली संगठन गैर-आवासीय
नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीनको कल्याणकारी कोष संचालक समितिको
आयोजकत्वमा सांगीतिक साँझ “ग्वान्ग्जौ म्युजिकल नाइट” आयोजाना गरि नेपाल,
हंगकंग तथा चीनका प्रसिद्ध कलाकारहरुद्वारा यहाँ स्थित नेपाली
रेस्टुरेन्ट कोहिनूर रेस्टुरेन्टमा भव्यतापूर्वक सम्पन्न भएको छ।
सम्पूर्ण चीनमा रहेका’ नेपालीहरुलाई भविष्यमा आइपर्ने दुख कष्टमा
तुरुन्तै सहयोग गर्ने कल्याणकारी कोषको आर्थिक स्थितिमा अभिवृद्धि गर्ने
उद्देस्यले यस पटक नेपाल र हंगकंगबाट कलाकारहरुलाई आमन्त्रण गरि यो
च्यारिटी कार्यक्रम यो वर्ष भिन्न किसिमले मनाईएको हो। यस कार्यक्रमको
संयोजक तथा संस्थाका महासचिव श्री सुदेश झा ले अनुमान गरिएभन्दा बढी
नेपालीहरुको जमघट एवं आर्थिक संकलन भएको जानकारी गराउनु भयो। कार्यक्रममा
राखिएको दानपात्रमा मात्रै ने.रु.१ लाखभन्दा बढी अर्थ संकलन भयको जानकारी
प्राप्त भएको छ।
कार्यक्रम संस्थाका अध्यक्ष श्री सुन्दर थापाको सभापतित्व एवं नेपालबाट
आउनुभएको प्रशिद्ध संगीतकार तथा गायक श्री सुरेश अधिकारीज्युको प्रमुख
आतिथ्यमा सम्पन्न भएको थियो। यस कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष
श्री सुन्दर थापा तथा प्रमुख अतिथि श्री सुरेश अधिकारीले संयुक्त रुपमा
पानसमा बती बालेर गर्नु भएको थियो, कार्यक्रमको संचालन श्री प्रकाश
तिमिल्सिनाले गर्नु भएको थियो। कार्यक्रममा एन.आर,एन. मकाउको अध्यक्ष
श्री सुदर्शन थापा मगर, एन.आर.एन. हंगकंगको श्री उपाध्यक्ष श्री सत्रुघ्न
(उदासिन) तथा नेपाल हिमालय सीमापार वाणिज्य संघ को उपाध्यक्ष श्री मिन
बहादुर श्रेष्ठको बिशेष आतिथ्यता थियो। साँझ ८ बजेबाट सुरु भएको
कार्यक्रममा संस्थाका बरिष्ट उपाध्यक्ष श्री राजन जम्मरकट्टेलले स्वागत
मन्तव्य राख्नुभएको थियो भने अन्य उपस्थित अतिथिहरुले शुभकामना व्यक्त
गर्नुभएको थियो। चीनमा व्यवसाय गर्दै आइरहेका नवगायक सुधिर देउजुको पहिलो
सांगीतिक एल्बम “नेपाली” को बिमोचन कार्यक्रमको प्रमुख अतिथि श्री सुरेश
अधिकारीज्यू बाट गरियो। कार्यक्रममा प्रमुख अतिथि श्री अधिकारीले
कल्याणकारी कोषले सम्पूर्ण नेपालीलाई परेकोबेला सहयोग गर्ने भएकोले यो
कोषमा यथासक्य सहयोग गर्न आग्रह गर्नु भयो। एन.आर.एन. चीनको यो
कल्याणकारी कोष संसारकै अन्य एन.आर.एन. कल्याणकारी भन्दा धनी होस् भनि
शुभकामना व्यक्त गर्नु भयो।
कार्यक्रममा प्रमुख अतिथि श्री सुरेश अधिकारीज्यूलाई नेपाली संगीतमा
वहाँले पुर्याउनुभएको उच्च योगदानको कदर गर्दै संस्थाको अध्यक्ष श्री
सुन्दर थापाज्यूले दोसल्ला ओढाई टोकन अफ लव द्वारा सम्मान गर्नु भयो।
हंगकंग बाट पाल्नु हुने कलाकारहरु श्री नागेन्द्र श्रेष्ठ (गायक), श्री
हरि श्रेष्ठ (तबलावादक), श्रीमती हर्षित आले (गायिका), श्री मोहन
विश्वकर्मा (ढोलक बादक) लाई क्रमश संस्थाको उपाध्यक्ष (श्री संजय
चेतानी), महासचिव (श्री सुदेश झा), कोषाध्यक्ष (श्री राजु श्रेष्ठ) र
प्रवक्ता (श्री प्रकाश खरेल) ले टोकन अफ लव प्रदान गर्नु भयो।
नेपाल, हंगकंग बाट पाल्नुभएका कलाकार साथीहरुको कर्णप्रिय संगीतमा साथ
दिदै ग्वान्ग्जौ मा बसोबास गर्नु हुने कलाकारहरु श्री सुन्दर थापा, श्री
विकाश गुरुङ, श्री गोबिन्द भण्डारी, श्री निर्मल थापाले उपस्थित
श्रोताहरुको मनोरंजन गर्दै बार बार नाच्ने मौका दिनु भयो कार्यक्रमको
सभापति श्री सुन्दर थापाले बिहान ५ बजे कार्यक्रम भव्यतापूर्वक सम्पन्न
भएको घोषणा गर्दै कार्यक्रम समापन गर्नु भएको थियो।
Source: NRN-NCC China
Back |
|
|
|
|
|
 |