SEARCH   
Welcome to NRN-NCC China
China Date and Time
NEWS FROM NRN-NCC CHINA 
2012/10/29
Source: NRNA-NCC China


गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको दोश्रो महाधिबेशनद्वारा गठित तेस्रो कार्यसमितिको सत्रौं बैठक सम्पन्न

गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद चीनको दोश्रो महाधिबेशनद्वारा गठित तेस्रो कार्यसमितिको सत्रौं बैठक २९-अक्टोबर-२०१३ का दिन लु जिंग लु स्थित चाइनिज रेस्टुराँमा बसी निम्नलिखित निर्णय गरियो। बैठकको अध्यक्षता एन.आर.एन.ए.-चीन को अध्यक्ष श्री सुन्दर थापाले गर्नु भएको थियो।

निर्णय नं. १: “हरितालिका तीज” कार्यक्रम सफलतापूर्वक संचालन गर्न सफल भएकोमा संस्थाले आयोजक कमिटिका संयोजक श्रीमती अमृता थापा सहित आयोजक कमिटीलाई धन्यबाद तथा बधाई ज्ञापन गरियो|
निर्णय नं. २: “गैर-आवासीय नेपाली दिवस” को अवसरमा संस्थाले आयोजन गरेको विधार्थी-व्यापारी बिचको मैत्रिपूर्ण फुटवल म्याचको समिक्षा गर्दै सो एतिहासिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा आयोजक कमिटिको संयोजक तथा संस्थाको युवा प्रतिनिधि डा. राजिव केशरी सहित आयोजक कमिटिको अन्य सदस्यहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गरियो|
निर्णय नं. ३: “गैर-आवासीय नेपाली” ले नेपालको शिक्षा क्षेत्र तर्फ सामुहिक लगानी गर्ने नीति अनुरुप संस्थाको अध्यक्ष श्री सुन्दर थापा मार्फत पोखराको “श्री अमर सिंह इन्जिनियरिङ कलेज प्रा. ली. ले सामुहिक लगानीको लागी आव्हान गरिएको जानकारी गराइयो| सो समबन्धमा छलफल गर्दै इच्छुक साथीहरुले लगानी गर्न संस्थाको अध्यक्ष श्री सुन्दर थापा संग सम्पर्क गरी गर्न सकिने निर्णय गरियो| निर्णय नं. ४: नेपाल-चीन बीच दौत्य सम्बन्ध स्थापना भएको दिवसमा आयोजना गरिएको नेपाली दुताबासबाट आयोजित कार्यक्रममा संस्थाको तर्फबाट गरिएको सहयोगको समीक्षा गर्दै अनुमोदन गरियो|

Source: NRN-NCC China
Back
 
 
   NRN-China News
   News Links 
   NRN-Global News

   Useful Links 
 

   Foreign Exchange
 

   Popular Downloads
 

 
 
 
   Calendar 
   Photo Gallery 
PhotoGallery
 
   This website is designed & maintained
&     by Sudesh Jha (Ranco Solutions Co.)
 
© Copyright Script language= "javascript"> NRN-NCC China
This site is best viewed at 1024x768