 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
Welcome to NRN-NCC China |
 |
|
 |
 |
 |
|
 |
|
 |
NEWS FROM
NRN-NCC CHINA |
 |
2013/05/11
Source: NRNA-NCC China
"मातृभूमि को लागि अपरिहार्य, शिक्षा, स्वास्थ्य र सिप विकासमा एन.आर.एन. चिनको सहकार्य" भन्ने नाराका साथ गैरआवाशिय नेपाली संघ–राष्ट्रिय समन्वय परिषद् चीनको तेस्रो महाधिवेशन सम्पन्न
ग्वान्जौ ११ मे, २०१३
"मातृभूमि को लागि अपरिहार्य, शिक्षा, स्वास्थ्य र सिप
विकासमा एन.आर.एन. चिनको सहकार्य" भन्ने नाराका साथ
गैरआवाशिय नेपाली संघ–राष्ट्रिय समन्वय परिषद् चीनको
तेस्रो महाधिवेशन ग्वान्जौ स्थित क्राउन प्लाजा होटलको
जेड हलमा भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम यसै
संस्थाका अध्यक्ष सुन्दर थापाको सभापतित्व तथा चीनका
लागि नेपाली राजदुत महामहिम डा. महेश कुमार मास्केको
प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्रमुख अतिथिद्वारा
पानसमा बत्तीबालेर यस महाधिवेशन कार्यक्रम को औपचारीक
उद्घाटन गरीएको हो ।
|
चीनमा रहेका ब्यापारी, ब्यवसायी र विद्यार्थीहरुको
सहभागिता रहेको यस कार्यक्रममा हङ्गकङ्ग स्थित
महाबाणिज्यदुत श्री महेश प्रसाद दहाल, वाणिज्यदुत श्री
किरण शाक्य लगायत हङ्गकङ्ग, जापान, मकाउबाट एनआरएन
आइसीसी सल्लाहकार श्री प्रितम श्रेष्ठ, एसिया
प्यासेफिक क्षेत्रिय संयोजक श्री यम कुमार गुरुङ
(त्रिलोक), एसिया प्यासेफिक क्षेत्रिय सहसंयोजक श्री
किरण विक्रम थापा, हङ्गकङ्ग आइसिसि श्री कृष्ण प्रसाद
पाण्डे लगायत एनआरएनए - एनसीसी मकाउका नव निर्वाचित
अध्यक्ष श्री सुदर्शन थापा मगर लगायतको आतिथ्यता रहेको
थियो । कार्यक्रममा ग्वाङ्गडोङ्ग टेलिभिजनकी कलाकार ली
छिङ्गबाट चीनीया नृत्य (लिंग नान नृत्य), ६ वर्षिय
बालिका प्राथना थापा साथै ग्वान्जौमा एमबीबीयसमा
अध्ययनरत विद्यार्थी अन्जना भूसालको आकर्षक नृत्यले
उपस्थित सबैको मन जितेको थियो । निर्मल चौलागाईले
सन्चालन गरेको यस कार्यक्रममा संस्थाका उपाध्यक्ष श्री
संजय कुमार चेतानीद्वारा स्वागत मन्तब्यबाट सुरुभएको
महाधिवेशन समारोहमा सदस्य श्रीरोहित अग्रवालले आर्थिक
प्रतिवेदन तथा महासचिव श्री सुदेश झाले वार्षिक
गतिविधि समेटीएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
|
|
|
 |
NRN-China News |
 |
 |
 |
 |
|
 |
 |
 |
 |
 |
 |
News Links |
 |
NRN-Global News |
 |
 |
|
Useful Links |
|
|
Foreign Exchange |
|
|
Popular Downloads |
|
|
|
|
|
|
 |
 |
 |
|
Calendar |
|
Photo Gallery |
 |
|
|
 |
 |
|
प्रमुख अतिथि चीनका लागि नेपाली राजदुत महामहिम डा.
महेश कुमार मास्केले चीनमा ब्यापार, ब्यवसाय, अध्ययनका
लागि बसोबास गर्दै आएका नेपालीहरुले देश विकासमा टेवा
दिन ठुलो योगदान गर्न सक्ने कुरामा प्रकाश पार्नुभएको
थियो । चीनले गरेको आर्थिक–सामाजिक छलाङ्ग तथा
प्रगतिबाट यहाँ बस्ने गैरआवाशिय नेपालीहरुले शिक्षा,
शिप, कला, कौशल आदि आर्जन गर्नमा दक्ष जनशक्तिको
अभावलाई पुरा गर्न सक्ने आशा ब्यक्त गर्नुभयो ।
एन.सि.सी. चीनका अध्यक्ष एवं महाधिवेशनका सभापति श्री
सुन्दर थापाले एन.आर.एन.ए. चीनले स्थापनाकाल देखि आजका
दिनसम्म भोगेको उचारचढाव र चीनमा बस्ने नेपालीहरुमा
रहेको राष्ट्रभावको भावना निकै प्रवल रहेको बनाउनुभयो
। जुनसुकै संस्थामा काम गर्न पनि खटेर काम गर्नेहरु
स्थापित हुँदैजाने र कुरा मात्रै गर्नेहरु विस्थापित
हुने जुन प्रकृतिक न्याय सिद्धान्त भएको बताउँदै
एनआरएन र नेपालको सम्बन्ध चेली र माइतिको जस्तै भएको
बताउनु भयो । हङ्गकङ्ग महाबाणिज्यदुत श्री महेश दहालले
एनआरएन चीनमा अत्यन्त एकता र मिहिनेती भावना देखेर
खुशी लागेको र ग्वान्जौ शहरमा पनिमहाबाणिज्य दुतावास
स्थापना छिट्टै हुने साथै राष्ट्रिय ध्वजावाहक नेपाल
एयरलायन्सले नौ महिना भित्रै काठमाण्डौ–ग्वान्जौ सिधै
हवाइ सेवा शुरुहुने निर्णय भइसकेको सबैसामु सुनाउनु
भयो । कार्यक्रममा आइ.सि.सि. सल्लाहकार पृतम श्रेष्ठ,
एशिया प्रशान्त क्षेत्रिय संयोजक श्री यम कुमार
गुरुङ्ग (त्रिलोक), सहसंयोजक श्री किरण विक्रम थापा,
हङ्गकङ्ग आइसिसि प्रतिनिधि श्री कृष्ण पाण्डे, एनआरएन
मकाउका अध्यक्ष श्री सुदर्शन थापा मगरले एनआरएन चिनको
विगतको कार्यकाल अत्यन्त सफल रहदै आएको र यसले आफ्नो
नारा अनुरुप अझ सफलता पूर्वक चीनबासी सम्पूर्ण
नेपालीलाई एकसाथ लिई देशमा शिक्षा, स्वास्थ्य एवं शिप
विकासमा अग्रसर हुने विश्वास ब्यक्त गर्नुभयो ।
ग्वाङ्गजौ स्थित सन्यातसेन विश्वविद्यालयमा
स्नातकोत्तर तहमा अध्ययनरत डा.राजिव केशरी र डा. सागर
न्यौपानेले चीनमा विभिन्न संकाय र विषयमा अध्ययनरत
विद्यार्थीहरु शिक्षा हाशिल गरेर सकारात्मक र
निष्ठावान भावनाले ओतप्रोत भई आफ्नो कार्यक्षेत्रमा
लागेमा भविश्यमा देशले सबैभन्दा धेरै फाइदा लिन सक्ने
बताउनु भयो । सदस्य श्री सुशिल बेल्बासेले ग्वाङ्गजौ
लगायत अन्य शहरहरुमा पनि नेपाली ब्यापारीहरुको बढ्दो
संख्याका आधारमा संस्थाले यीयूमा जस्तै अन्य शहरहरुमा
पनि क्षेत्रीय संगठन थप्नु पर्ने, साथै दुतावससंगको
सहकार्यमा नेपालीहरुमा भैपरीआउने समस्या समाधानमा
एकजुट हुनुपर्ने बताउनु भयो । |
कार्यक्रमको दोस्रो सत्रमा निर्वाचन आयुक्त र एनआरएनए
चीनका संस्थापक अध्यक्ष श्री शंकर ज्ञवालीले नयाँ
कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।
श्री यम कुमार गुरुङ्ग (त्रिलोक)ले सहसंयोजक श्री किरण
विक्रम थापा तथा अन्य उपस्थित अतिथिहरुको को रोहवरमा
नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएर
शुभकामना आदान प्रदान सहित कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा १८० जना भन्दा बढीको सहभागिता थियो तथा
एनआरएनए-एनसीसी चीनको संयोजकतामा चीनमा अध्यनरत
विधार्थी डाक्टरहरु द्वारा निशुल्क प्राथमिक उपचार तथा
स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको थियो| कार्यक्रम
पछि क्राउन प्लाजा होटलकै पाचौ तल्लामा रात्रीभोजको
पनि आयोजना गरियो|
|
|
नवनियुक्त पदाधिकारी एवं कार्यसमिति सदस्यहरुको नाम एवं पदः
१. सुन्दर थापा – अध्यक्ष
२. सन्जय कुमार चेतानी – उपाध्यक्ष
३. सुदेश कुमार झा – महासचिव
४. प्रदीप न्यौपाने – सचिव
५. सुशिल बेल्बासे – सचिव
६. रोहित अग्रवाल – कोषाध्यक्ष
७. सागर न्यौपाने – प्रवक्ता
८. निर्मल चौलागाइ – युवा प्रतिनिधि
९. अमृता थापा – महिला प्रतिनिधि
१०. प्रदीप भण्डारी – सदस्य
११. प्रकाश तिमल्सिना – सदस्य
१२. श्याम शेढाइ – सदस्य
१३. खस्बु अग्रवाल – सदस्य
१४. तीर्थ पौड्याल – सदस्य
१५. सन्जय भण्डारी – सदस्य
स्रोतः सागर न्यौपाने, प्रवक्ता, एनआरएन एनसीसीए चीन
Source: NRN-NCC China
|
|
|
|
|
|
|
|
|
|
|
|
 |
|
Back |
|
 |
This
website is designed & maintained
by Sudesh Jha (Ranco Solutions Co.) |
|
 |
© Copyright
NRN-NCC China
This site is best viewed at 1024x768 |
|
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
 |
|