ENTERTAINMENT-SONGS / POEMS / GAJALS |
1)झरि भए
मेरी माया त्यही झरीमा रुझी बस्थे
सागर भए मेरी माया त्यही सागरमा गै खस्थे
मिर्मिरेकी घाम भए अघाउन्जेल तापि बस्थे
सिरी सिरी हावा भए यो छाती थापी बस्थे
समुन्द्रकी छाल भए किनारमा कुरी बस्थे
बादल भए मेरी माया हावा बनी सङ्गै उड्थे
मेरी माया सामु भए दिनै भरि हेरी बस्थे
मलाई हेरी मुस्कएको उन्को तस्वीर कोरी बस्थे
मेरी माया जून भए पुर्णिमामा पूजा गर्थे
पहाड्की झरना भए अङ्गालीदै सङ्गै झर्थे
फूलबारीकी फूल भए सुसार गर्ने माली हुन्थे
साचचै उनि मेरी भए त्रीलोकमै भाग्यमानी हुन्थे
....FROM NAVIN B.K. |
2)दुनियाँमै
नमुनाको रूपमा हाम्रो जोडी
तेही जोडीलाई लत्याएर जान खोज्छेउ छोडि
साथै यात्रा गर्नु छ धेरै नजाउ एक्लै छोडेर
क्षणभरमै सातौ जुनिको सम्बन्धलाई तोडेर
जती तिमीले सुनेउ,
बुझेउ सबै साचो थिएनन
बेकसुरको सबुद दिदा आफ्नैले साथ दिएनन
दुश्मनको चाल हो यो हाम्रो जोडी छुटाउनलाइ
उल्टै उनलाई साथ दिदै छौ आफ्नै भाग्य फुटाउनलाई
कति मिठो छनि हामी दुईको चोखो माया
घाम डुबे पछि पनि साथै हुन्छ हाम्रो छाँया
अगेनाको आगो पनि नठोसी त बल्दैन
नजाउ छोडि,तिमी बिना मेरो संसार चल्दैन
....FROM NAVIN B.K. |
3)मेरो चोखो
प्रेम् लाई बिष सम्झी जानी माया
मुटु भित्र बस्छु भनि मुटु चुडी लानी माया
रङ्गी चङ्गी फूल देखाइ काँडाले घोची घात
गरेऊ
अङ्गालोमा आउ भन्दै यो छातिमा लात मारेउ
मलम् पट्टी गर्छु भनि, घाउलाइ झन् बल्झाइ दिएेउ
जादै थिए टाढा कहि,अनाकहमै अल्झाइ दिएउ
पिरतिको जाली खेलमा तिमीले जित्यो मैले
हारे
तिम्रो याद ल्याउने सबै तस्वीर, पत्र भष्म पारे
तिमीलाई अब सम्झिदिन तिम्रो माया रेटिसके
अब तिमी चाँहीदैन जीवन साथी भेटिसके
....FROM
NAVIN B.K. |
4)कति जले तिम्रो
लागि कति चोटि पागल भए
कति चोटि एक्लै हासे कति रात भरि रोए
जानी रहिछेउ ईन्द्रजाल पारेउ मलाई तेही जालमा
प्रेम रुपी अर्बुद दिएउ मार्ने भएउ अकालैमा
यो नजरले तिमी खोज्दा त्यो नजरले अरु
खोज्यो
यो धड्कन्ले तिमी रोज्दा त्यो धड्कन्ले पराइ रोज्यो
मन्दिर चर्च गुमबा अनि तारा खस्दानी तिमीलाई मागे
तिम्रै नाममा बर्बराइ मध्य रात मा कैयू जागे
तिम्रो लागि म रुदा कसै को लागि हाँस्दै
थियौ
तिम्रो प्रेम पिइ म लड्दा कसै सँग नाच्दै थियौ
बिषालु तिम्रो मुस्कान ले मलाई तेसै मर्न पर्यो
अभिषाप भयो
तिम्रो प्रेम मलाई जिउदै जल्न पर्यो
....FROM NAVIN B.K. |
|
RMB 100 / MONTH
ADVERTISE HERE
(MINIMUM 6 MONTHS)
E-mail your enquiry at info@nrnchina.com |
RMB 100
/ MONTH
ADVERTISE HERE
(MINIMUM 6
MONTHS)
E-mail your
enquiry at
info@nrnchina.com |
RMB 100
/ MONTH
ADVERTISE HERE
(MINIMUM 6
MONTHS)
E-mail your
enquiry at
info@nrnchina.com
|
RMB 100
/ MONTH
ADVERTISE HERE
(MINIMUM 6
MONTHS)
E-mail your
enquiry at
info@nrnchina.com |
|